You are currently viewing कुकुरलाई भिरबाट फालेर मारेको आरोपमा युवक पक्राउ

कुकुरलाई भिरबाट फालेर मारेको आरोपमा युवक पक्राउ

यतिबेला सामाजिक सञ्जालमा कुकुरलाई फालेर मारेको एउटा भिडियो भाइरल भइरहेको छ। सो घटना पोखरामा भएको हो। भिडियो भाइरल हुनासाथ अधिकारकर्मीहरुले यसबारे कास्की प्रहरीमा जाहेरी दिए। अनुसन्धान हुँदै जाँदा पोखराकै १९ वर्षीय सुवास नेपालीले कुकुरलाई फालेर मारेको खुलेको छ।  
पशुजन्य हिंसा गर्नेलाई मुलुकी ऐन २०७४ अनुसार तीन महिनासम्मको कैद र पाँच हजारसम्मको जरिवानाको व्यवस्था छ। अहिले उक्त घटनाका दोषी भनिएका ति युवा प्रहरीको अनुसन्धानमा छन्। सो कार्यमा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएको छ। नेपालीले आफ्नै ठूलीआमाको घरमा पालेको कुकुर बिरामी भएको हुँदा फाल्न गएको बयान दिएका छन्।  
सो घटनामा उनको ठूलीआमा र भिडियो बनाउने व्यक्ति समेत दोषी हुन सक्ने देखिएको छ। सानैदेखि पढिने पाठ्यक्रममा जनावरलाई माया गर्नुपर्छ भनेर राखेको भए यस्ता अपराधिक र क्रुरताका घटना नहुने अधिकारकर्मी तथा पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठको भनाई छ। पशुकल्याण ऐन अझै पनि नेपालमा बनेको छैन र जबसम्म जनावर सम्बन्धी ऐन कानून बन्दैनन् तबसम्म यस्ता घटनामा कमी नहुने उनको बुझाई छ

Leave a Reply