कुकुर

कुकुर घरपालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् । कुकुर ( Canis lupus familiaris )ग्रे ब्वाँसो ( Canis lupus ) स्तनधारी क्रम Carnivora परिवारको सदस्य हो । कुकुर पहिलो पाल्तु जनावर हो र सबै भन्दा व्यापक रूप मानव इतिहासको , शिकार र पाल्तु जनावरको काम पूर्ण गर्न राखिएको हो ।

शारिरीक बनावट[सम्पादन गर्नुहोस्]

४ वटा खुट्टा भएको कुकुरको चारै खुट्टाको पंजाहरूमा मिलाएर १८ देखि २२ वटा सम्म नङ्ग्राहरू हुन्छन् । कुकुरको शरीर पुरै रौँले ढाकिएको हुन्छ । कुकुरको पुच्छर घुम्रिएको हुन्छ । यो बाहेक कुकुरहरूको प्रजाती अनुसार शारिरीक वनावट र रंग फरक फरक हुन्छ । कुकुरहरू धेरै प्रजातीका हुन्छन् । जस्तै जेर्मन सेपर, बुल डोग, आदि।

विशेषता[सम्पादन गर्नुहोस्]

कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ ।यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ ।

निन्द्रा[सम्पादन गर्नुहोस्]

कुकुरको निन्द्रा अनोठो हुन्छ। यो जसरी सुतेको भए पनि कुनै व्याक्ती या वस्तुको आगमन तुरुन्त थाहा पाउँछ। भनिन्छ कुकुरको कान पातलो हुन्छ। कुकुर या तो सुतेको या हिँडेकै देखिन्छ। यो खालि बसेको कमै मात्रामा देखिन्छ।

छाउरा पालन[सम्पादन गर्नुहोस्]

चित्र:Chhaura.jpgकुकुरको छाउरो

(कुकुरको छाउरा) कुकुर स्तनधारी प्राणी हो। यसले छाउहरूलाई आफ्नो दुध चुसाएर पाल्छ।कुकुरले एक चोटीमा २ देखि ८ छाउरा हरू पाउँछ। कुकुरका छाउराहरू जन्मदा खेरी आँखाहरू खुलेका हुदैनन्। ६ देखि ९ दिनको बिचमा छाउराहरूका आँखा खुल्छन्।

स्मरण शक्ति[सम्पादन गर्नुहोस्]

कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ। यसले एक चोटि देखेको मान्छेलाई या कुनै पनि प्राणीलाई कहिल्यै पनि भुल्दैन। यसमा यसको सुघ्ने प्रक्रिया अपनाएको थाहा हुन आएको छ।[२] यसले कुनै पनि चिजलाई सुँघेर थाहा पाउँछ। कुकुरको यही खासियतालाई ध्यानमा राखेर आज भोलि कुकुरलाई तालीम दिएर “स्पेसल डाग सिक्यूरेटी” बनाइन्छ। जसमा कुकुले आसंकित व्याक्ती, आसंकित वस्तु आदीको खोजी गर्छ। कुनै घटना घटेको ठाउँमा पहिले कुकुरलाई लगेर छोडिन्छ। कुकुरले सुँघेर अभियुक्त सम्म पुग्न सहयोग गर्छ

Leave a Reply